फिल्म ‘कल्ली’का निर्माता किरण नेपाली अनटाइटल प्रोजेक्टबाट निर्देशक बन्ने तयारीमा छन् । उनले, निर्देशन गर्ने एक फिल्मको हाल धमाधम प्रि–प्रोडक्सनको काम चलिरहेको छ ।
यसैबिच, किरणले बनाउन लागेको नयाँ फिल्मका लागि टिकटकर आयुष सिंह ठकुरी र एलिजे जमालीलाई प्रस्ताव गरिएको छ ।
यी दुवैले अहिलेसम्म फिल्ममा काम गर्ने वा नगर्ने बिषयमा केही पनि बताएका छैनन् । तर, किरणका अनुसार, केही दिनमा उनीहरुसँग कागजी संझौता गर्ने तयारी गरिएको छ ।
दुवैजना फिल्म डेब्यूका लागि सकारात्मक देखिएको निर्माणपक्षले बताएको छ । यो फिल्ममा ४ जना नायक र ३ जना नायिका हुने किरणको भनाई छ । अन्य कलाकारहरुलाई पनि चाडै टुंगो लगाउने उनले सुनाए ।
टिकटकमा उच्च फलोअर्स भएका आयुष र एलिजेले केही साता अगाडि मात्र कानुनी रुपमा बिहे गरेका थिए ।














प्रतिक्रिया