कामेश्वर र लक्ष्मीको ‘अभिमन्यु’को पोस्टरले के भन्छ ?



भदौको २७ गतेबाट नेपाली र असोजको ६ गतेबाट हिन्दी भर्सनमा रिलिजमा आउन लागेको फिल्म ‘अभिमन्युः च्याप्टर १’को दुई पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक दुई पोस्टरले फिल्मको कथाको सार भन्न खोजेका छन् ।

एक पोस्टरमा कलाकार प्रकाश दाहाल, लक्ष्मी बर्देबा, कामेश्वर चौरासिया, गौमाया गुरुङ र किरण श्रेष्ठलाई फिचरिङ गरिएको छ । यी सबै कलाकारहरु पोस्टरमा समस्या र तनावमा देखिएका छन् । साथमा एक जना व्यक्तिलाई हतकडी लगाएर प्रहरी कार्यालयमा बयान लिइरहेको देख्न सकिन्छ । यस्तै, अर्को एक पोष्टरमा भने कामेश्वर र लक्ष्मी छन् । उनीहरुको अनुहारमा खुशी भाव झल्किएको छ ।

यसैले, पनि फिल्मले खुशी र तनावको कथा भन्ने देखिन्छ । सुशान्त गौतमले यो फिल्मको निर्देशन गरेका हुन् । डेब्यू निर्देशक सुशान्त यो फिल्मबाट जम्ने दाउमा छन् । मुकेश खनालको लेखन रहेको फिल्मका क्रियटिभ निर्देशक मदन थापा हुन् ।

शरद महत्तोको डीओपी रहेको यो फिल्मले बक्स अफिसमा सुखद व्यापार गर्ने अपेक्षा गरिएको छ ।

यो फिल्मलाई सेभेन सिज सिनेमाज्का लागि विनोद पौडेल र गुञ्जन गिरीले निर्माण गरेका हुन् ।