अगष्ट महिनाबाट छायांकनमा जान लागेको फिल्म ‘सुम्निमा’का नव–अभिनेता अनिकेत पाख्रिन लामा अनुवन्धित भएका छन् ।
भारतीय रियालिटी शो स्प्लिट्स भिल्लाका प्रतियोगीका रुपमा परिचित अनिकेतलाई अडिसनमार्फत निर्माणपक्षले फिल्ममा छानेको हो ।
मिलन चाम्सको निर्देशनमा तयार हुन लागेको यो फिल्ममा नायिका उपासना सिंह ठकुरी र नायक कुन्साङ बोमजोम फाइनल भइसकेका छन् ।
गोर्खा फिल्मस् र चाम्स इन्टरटेन्मेन्टको सह–निर्माणमा बन्ने फिल्मलाई विशुद्ध प्रेम कथामा बनाउने तयारी निर्माणपक्षको छ । यो फिल्म प्रेम र द्धन्द्धको पृष्ठभूमिमा केन्द्रित रहेर निर्माण हुने निर्देशक चाम्स बताउँछन् ।
फिल्ममा नायक अनुप बिक्रम शाही अहिलेसम्म नदेखिएको अवतारमा देखिन लागेको वुझिएको छ । फिल्मको प्राविधिक टिम फाइनल गर्ने तयारी गरिएको छ । राजीव थापाको कथा रहेको फिल्मको छायांकन लण्डन र नेपालमा हुनेछ । अहिले कलाकारहरुको लण्डनको भिसा प्रोसेस सुरु भएको वुझिएको छ ।
फिल्ममा अनिकेतको भूमिका के हो भन्ने खुलाइएको छैन ।














प्रतिक्रिया