कांग्रेस दलको नेताबाट पदमुक्त भएसँगै मुख्यमन्त्री लामाको पद चैट


काठमाडौं – कांग्रेस दलको नेताबाट पदमुक्त भएसँगै बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाको पद गुम्ने भएको छ ।
केही बेरअघि संसदीय दलमा भएको मत विभाजनमा लामाले १५ सांसदको मत मात्रै प्राप्त गरेपछि उनको पद गुमेको हो ।

३७ सांसद रहेको प्रदेश सभामा दलको नेता बन्न १९ जनाको समर्थन आवश्यक पर्छ । बागमतीमा कांग्रेसका प्रदेश सभा सदस्य इन्द्रबहादुर बानियाँ दलको नेता र मुख्यमन्त्री बन्ने पक्का भएको छ । उनले २२ सांसदको समर्थन पाएका छन् ।

पार्टी प्रदेश सभापतिसमेत रहेका बानियाँलगायत २१ सांसदले गत शुक्रबार लामाविरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । उक्त प्रस्ताव आज बहुमतले पारित भएको हो ।

बानियाँ दलको नेता चुनिएको जानकारी प्रदेश प्रमुखलाई गराएसँगै उनलाई मुख्यमन्त्री नियुक्ति गरिने भएको छ । र लामाले आफूले मुख्यमन्त्री पद नछाड्ने घोषणा गरेका छन् । उनले संसदमा विश्वासको मत लिने मनस्थिति पनि बनाएका छन् ।