तेज र रुषाले सके ३६ दिनमा ‘शिवांश’को छायांकन



फिल्म ‘शिवांश’को छायांकन सकिएको छ । ३६ दिनमा फिल्मको सम्पूर्ण दृश्य र गीत खिचेर सकिएको निर्माणपक्षले बताएको छ । जेठको पहिलो साता पोखराको लामाचौरस्थित अकला मन्दिरमा पुजा गर्दै यो फिल्मको छायांकन सुरु गरिएको थियो । फिल्मका निर्माता अन्जान केसीले अब पोष्ट प्रोडक्सनको कामलाई तिव्रता दिने बताए ।

यो फिल्ममा प्रवीण खतिवडा, तेज गिरी, रुषा न्यौपाने लगायतका कलाकारहरुको अभिनय छ । सन्तोष कुमार आत्रेय यो फिल्मका निर्देशन हुन् ।

फिल्ममा विकास जोशी, विमला लिम्बु, प्रदीप कुमार चौधरी, सबिर चुरौटे, उदय कुमार सुब्बा, टिका निरौला लगायतका कलाकारहरुको पनि यो फिल्ममा अभिनय छ । अञ्जान केसीको कथा रहेको फिल्ममा बारत लिम्बुको पटकथा छ ।

शम्भु थापा कार्यकारी निर्माता रहेको फिल्ममा शोभा भण्डारी र अनिस केसी बोगटी सह–निर्माताको रुपमा छन् । शरद महत्तोको डीओपी रहेको फिल्ममा विक्रम चौहानको कोरियोग्राफी छ ।

फिल्मको प्रदर्शन मिति तय गरिएको छैन । फिल्मको फस्टलुकले दर्शकको ध्यान खिचेको थियो ।