जितुले साइन गरेका फिल्ममा किन भइरहेको छ लफडा ?



कलाकार जितु नेपाललाई फिल्मको अफर आइरहेको छ । उनले, केही फिल्म साइन पनि गरेका छन् । तर, साइन गरेका फिल्ममा भने जितुको लफडा चलिरहेको छ ।

उनले, फिल्म ‘परालको आगो’ छाडेका छन् । कतिपयले उनलाई निर्माण टिमले फिल्मबाट निकालेको तर्क समेत गरेका छन् । जितुले भने सहमतीमै फिल्म छाडेको बताएका छन् ।

यता, जितुले फिल्म ‘कार्की साइँला’मा पनि काम गर्छन् या गर्दैनन् पक्का छैन । यो फिल्मका निर्देशक राजेन्द्र बस्नेतसँग उनको लफडा चलिरहेको छ । अब, फिल्मबाट जितु वा राजेन्द्रमध्ये एक निस्कनु पर्ने अवस्था सिर्जना भएको छ ।

फिल्मको कथावस्तु नै परिवर्तन गर्न खोजेपछि उनीसँग निर्देशकको अनवन सुरु भएको हो । फिल्मको छायांकन भैसक्नुपर्ने थियो । तर, जितु र निर्देशकबिच लफडा चलेपछि फिल्मको छायांकन नै सुरु हुन सकेको छैन ।

एकले अर्कालाई आरोप लगाइरहेका छन् । अब, निर्माताले जसलाई रोज्छन् उही नै फिल्ममा रहने अवस्था छ ।

यसरीहेर्दा, यतिबेला नायक जितु नेपालको करिअरमा लफडा चलिरहेको छ । फिल्म ‘ज्वाइँ साब र कार्साङ’पछि उनको करिअर सुखद रुपमा अगाडि बढिरहेको थियो । तर, फिल्मको टिममा जितुको हस्तक्षेप बढ्दा समस्या उत्पन्न भएको छ ।