भदौको १३ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘गुन्यु चोलोः द ड्रेस’को ट्रेलर सार्वजनिक भएको छ । नायक नाजिर हुसेनको फरक गेटअप र अभिनयका कारण यो फिल्म चर्चामा छ ।
तेस्रोलिंगी महिलाले आफ्नो पहिचान खुलाउनका लागि गरेको संघर्षको कथामा यो फिल्म तयार भएको ट्रेलरबाट वुझ्न सकिन्छ ।
आफूभित्र रहेको लिंगिय पहिचान उजागर गर्न खोज्ने पिता र त्यसलाई दबाउनका लागि विभिन्न हर्कत गर्ने बुबाबीचको संघर्षको कथालाई यो फिल्म देखाउन खोजेको छ ।
सार्वजनिक ट्रेलरमा पहिचान लुकाएर बस्न नसक्ने अवस्थामा पुगेपछि घर छोड्न गरेको निर्णय र यसबीच आफ्नै बुबा आमासँगै छिमेकी, आफन्त र साथीभाइले गर्ने व्यवहार र दिने तनावलाई पनि निर्देशक समुन्द्र भट्टले ट्रेलरमा स्पष्ट रुपमा देखाउन खोजेकी छिन् ।
नायक नाजिर हुसेन मुख्य भूमिकामा रहेको फिल्ममा सञ्चिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ र विशाल पहारीको मुख्य भूमिका छ ।
नेपालको पहिलो पूर्ण रुपको ट्रान्स स्टोरीमा निर्मित यो फिल्मको अन्तरराष्ट्रिय वितरण अधिकार अमेरिकाको बफेलो एट्लेले किनेको छ । फिल्ममा आकाश बुढाथोकी र भि–भन्से जानुबोनको लगानी छ । आलोश शुक्लाको यो फिल्ममा डीओपी छ ।
फिल्मका लागि नाजिरले गरेको मिहिनेत गज्जब छ । यो फिल्ममा नाजिर हुसेनले आफ्नो शारीरिक वनावटदेखि हाउभाउमा निकै मिहिनेत गरेको देखिन्छ ।














प्रतिक्रिया