शिव परियार र बबिना भट्टराईको स्वरमा ‘शिव ताण्डव स्तोत्र’ सार्वजनिक…(हेर्नुस् भिडियो)


काठमाडौं – चर्चित गायक शिव परियार र गायिका बबिना भट्टराईको स्वरमा रहेको ‘शिव ताण्डव स्तोत्र’ सार्वजनिक गरिएको छ। संस्कृतका महान रचनाकार तथा लङ्काधिपति रावणद्वारा रचित यो स्तोत्र शिवजीको ताण्डव रूपको स्तुति स्वरूप प्रस्तुत गरिएको छ।

गीतमा संगीत संयोजन बबिना भट्टराईले गरेकी हुन् भने एरेन्जरको रूपमा देवेन्द्र नेवाले काम गरेका छन्। भिडियोलाई एजे अर्जुले निर्देशन तथा छायांकन गरेका हुन्, र सम्पादन मिन रावलले गरेका छन्।

समूह गायनमा बिनुसा राई, दिपा, सगुन लिम्बु र लक्ष्मण लिम्बुको स्वर रहेको छ। ध्वनि सम्पादन, मिक्सिङ र मास्टरिङ वरिष्ठ साउण्ड इन्जिनियर महेशवरमान राजभण्डारीले गरेका हुन्।
गीतमा सञ्जिब बराईलीको गिटार, भुवन गन्धर्वको ड्रम र रिदम, र रत्नको बाँसुरी समावेश गरिएको छ।

शिव परियारका अनुसार, यो प्रस्तुति उनीका लागि विशेष अनुभूति बोकेको छ। उनले भने, “म आफैं शिव नाम भएकोले यो ताण्डव मेरो लागि झनै व्यक्तिगत रूपमा नजिकको अनुभव बन्यो। अहिले सम्म गाएका गीतहरूभन्दा यो बिल्कुलै फरक शैलीको अनुभव थियो।