काठमाडौं । प्रधानमन्त्री केपी ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडीसी)को तुर्कमेनिस्तानमा हुने तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग त्यसतर्फ प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओली साउन २३ गते शुक्रबार राति स्वदेश फर्किने तालिका छ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीको अनुपस्थितिमा सिंहलाई जिम्मेवारी तोकेका छन्। वर्तमान मन्त्रिपरिषद्मा सिंह प्रधानमन्त्री ओलीपछि सबैभन्दा सिनियर नेता हुन् । यसअघि पनि प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा सिंहलाई नै कार्यबाहकको जिम्मेवारी प्रदान गर्दै आएका छन् ।
एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई प्रदान गरेका छन्। एमालेको विधान २०४९ (संशोशन २०७८) को धारा २१ को उपधारा (२) बमोजिम वरिष्ठ उपाध्यक्षलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गरिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतम जानकारी दिए। उक्त धारामा अध्यक्षको अनुपस्थितिमा वरिष्ठ उपाध्यक्षलाई अध्यक्ष गर्ने काम गर्ने उल्लेख छ।














प्रतिक्रिया