काठमाडौं — चर्चित समाजसेवी तथा व्यवसायी दुर्गा प्रसाई चार महिनाको थुनापछि आज जेलमुक्त भएका छन्।
उनको रिहाइपछि दिल्लीबजार कारागार बाहिर समर्थकहरूको उत्साहजनक उपस्थिति देखिएको थियो। नाराबाजी, माला र फूलले स्वागत गर्दै समर्थकहरूले प्रसाईको पक्षमा ऐक्यबद्धता जनाए।
प्रसाईलाई केही महिना अघि सार्वजनिक कार्यक्रममा दिएका विवादास्पद अभिव्यक्तिका कारण पक्राउ गरिएको थियो। उनलाई अदालतले म्याद थप गर्दै अनुसन्धान गरिरहेको थियो।
चार महिना लामो थुनावासपछि कानुनी प्रक्रिया पुरा गर्दै आज रिहा भएको हो l














प्रतिक्रिया