‘सिटामोल’को ‘रातो पछ्यौरी’ले पाउला दर्शकको साथ ?



साउनको २३ गते अर्थात शुक्रबारदेखि रिलिजमा आउन लागेको फिल्म ‘सिटामोल’को नयाँ गीतले दर्शकको ध्यान तान्ने विश्वास गरिएको छ ।

‘रातो पछ्यौरी’ बोलको गीतमा अञ्जना खतिवडा र रवि ओडको स्वर, बाबुल गिरीको शब्द तथा संगीत सुन्न सकिन्छ । गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरु सौगात मल्ल र बेनिशा हमालको प्रेम देख्न सकिन्छ ।

गीतमा नेपाली मौलिकता झल्काउने र सिनेमाको कथा भावलाई थप सशक्त बनाउने शब्द छन् । फिल्मको ट्रेलरले दर्शकको मन जितिसकेको छ ।

यो फिल्ममा सौगात मल्ल, बेनिशा हमाल, श्री कृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का लगायतका कलाकारहरुको अभिनय छ ।

तुल्सी देवी फिल्म प्रा.लिले जुनतारा फिल्मस्को सहकार्यमा निर्माण गरेको यो फिल्ममा प्रदीप भारद्धाजको कथा छ । सिमोस सुनुवारको प्रस्तुति रहेको यो फिल्ममा भुगोल कुमार कार्की र विकासराज जोशीको लगानी छ ।

बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, बन्दे प्रसादको सम्पादन, देव महर्जन र शंकर महर्जनको एक्सन, राकेश दाहालको पोस्टर, दिव्य सुवेदीको फिल्ममा डीओपी छ ।

फिल्मको ट्रेलर र गीतसंगीतले दर्शकको राम्रो प्रतिक्रिया पाइसकेको छ । यसैले, राज बहादुर सानेको निर्देशनमा बनेको यो फिल्मले व्यापार पनि सुखद गर्ने अपेक्षा धेरैको छ ।