काठमाडौं — साउन २३ गते शुक्रबारबाट प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘सिटामोल’को अग्रीम टिकट बुकिङ सुरु भएको छ। देशभरका प्रमुख मल्टिप्लेक्स र सिंगल स्क्रिन हलहरूले फिल्मलाई उल्लेख्य शो दिएका छन्।
फिल्मको प्रचार सामाग्रीले बनाएको हाइपका कारण बुकिङ राम्रो हुन थालेको हो। क्यूएफएक्स सिनेमा चेनले काठमाडौं उपत्यकामा १५ शो र मोफसलमा १६ शोसहित ३१ शो उपलब्ध गराएको छ।
निर्माण टिमका अनुसार शुक्रबारसम्म देशभर १५० भन्दा बढी शो पुग्ने लक्ष्य लिइएको छ। राज बहादुर साने निर्देशित यस फिल्ममा सौगात मल्ल, बेनिशा हमाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, भूगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल लगायतको अभिनय रहेको छ।
तुल्सी देवी फिल्म प्रा.लि. र जुनतारा फिल्म्सको सहकार्यमा निर्माण भएको फिल्ममा सिमोस सुनुवारको प्रस्तुति, कथा प्रदीप भारद्धाज र निर्देशक सानेले लेखेका हुन्।
पोस्टर, गीत, टिजर र ट्रेलरबाट सकारात्मक प्रतिक्रिया पाएको ‘सिटामोल’ले बक्स अफिसमा पनि राम्रो ओपनिङ गर्ने अपेक्षा गरिएको छ।














प्रतिक्रिया