काठमाडौं — आउँदो दशैंको फूलपातीमा प्रदर्शनमा आउन लागेको नेपाली बहुप्रतीक्षित फिल्म ‘बलिदान’का मुख्य चार पात्रहरूको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ।
यसअघि फिल्मका मुख्य कलाकार समीर भट्ट, कविता राय र सौगात मल्लको लुक्स सार्वजनिक भइसकेको थियो भने, आज सार्वजनिक पोस्टरमा अर्पण थापा, ऋचा शर्मा, हेमन्त बुढाथोकी र निर्देशक सन्तोष सेनको लुक्स देखाइएको छ।
निर्देशक सेनका अनुसार, टिजर रिलिजअघि कथामा गहिरो प्रभाव छाड्ने विशेष पात्रहरूको लुक्स पहिलोपटक दर्शकमाझ प्रस्तुत गरिएको हो। उनका अनुसार, यी पात्रहरू समाजका लुकेका आवाज र यथार्थका प्रतिनिधि हुन्।
विशेषतः निर्देशक सेन र खलपात्र हेमन्त बुढाथोकीको लुक्सले दर्शकमाझ सरप्राइज इफेक्ट दिएको छ।
फिल्म निर्माण संस्था आसुसेन फिल्म्स प्रा.लि.को ब्यानरमा बनेको यो फिल्ममा पवन ब्राडफोर्डको लगानी छ भने प्रेम पुरी कार्यकारी निर्माता हुन्। बक्स अफिसमा धमाकेदार ओपनिङ गर्ने दाबी निर्माण टिमको छ।














प्रतिक्रिया