बागमतीका मेयर थापा भ्रष्टाचारका दुवै मुद्दामा दोषी ठहर


काठमाडौं । सर्लाहीको बागमती नगरपालिका प्रमुख भरतकुमार थापा भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । बुधबार विशेष अदालतले भ्रष्टाचारका दुवै मुद्दामा उनलाई दोषी ठहर गरेको हो । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले थापालाई दोषी ठहर गरेको हो ।

२०८० चैत २७ मा भ्रष्टाचार र गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । सोही मुद्दामा उनली दोषी ठहर भएका हुन् ।