काठमाडौं — आगामी भदौ ६ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘माग्ने राजा’ को ट्रेलर सार्वजनिक गरिएको छ। युट्युबमार्फत सार्वजनिक गरिएको करिब ४ मिनेट लामो ट्रेलरले फिल्मको कथावस्तु र पात्रहरू उजागर गरेको छ।
फिल्ममा केदारप्रसाद घिमिरे (माग्नेबुढा) मुख्य भूमिकामा छन् भने साथमा वर्षा सिवाकोटी, विल्सनविक्रम राई, शिशिर बाङ्देल र शारदा गिरी जस्ता कलाकारको अभिनय देख्न सकिन्छ। मिस पबी टेलिभिजन प्रस्तोताको रूपमा र कोमल वली न्यायाधीशको झलकमा देखिएका छन्।
फिल्ममा निर्धन गाउँले युवकको धनी बन्ने सपना, विभिन्न अवतारमा केदारको यात्रा, र सामाजिक–आर्थिक तथा राजनीतिक प्रणालीप्रतिको व्यङ्ग्य प्रस्तुत गरिएको छ। बिना मिहिनेत धन कमाउने प्रवृत्तिमाथि प्रहार गरिएको सन्देशसमेत ट्रेलरबाट झल्किन्छ।
ऋषि लामिछाने निर्देशित यस फिल्मको पटकथा सामीप्य तिमल्सेना, निर्माण मधुसुधन शर्मा, र छायांकन नरेन्द्र मैनालीले गरेका छन्।














प्रतिक्रिया