रास्वपाद्वारा रविको फोटो कटआउटमा राखी बाँधेर रक्षाबन्धन मनाउनको लागि सहभागी हुन गर्यो आह्वान


काठमाडौं l राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यस वर्षको रक्षाबन्धन पर्व विशेष तरिकाले मनाउने घोषणा गरेको छ। पार्टी केन्द्रीय कार्यालय वनस्थली घन्टीघर साथै सभापति रवि लामिछाने अहिले रहेको कारागार नजिकै, उहाँको फोटो कटआउटमा राखी बाँधेर कार्यक्रम आयोजना गर्न लागिएको हो।

रास्वपाले जारी गरेको सूचनाअनुसार कार्यक्रम शनिबार दिउँसो १ बजेबाट ४ बजेसम्म सञ्चालन हुनेछ। उक्त समयमा लामिछानेको फोटो कटआउटमा राखी बाँध्नका लागि आम सर्वसाधारणलाई पनि सहभागी हुन आग्रह गरिएको छ।