रुपन्देही कारागारको दाबी – “रवि लामिछानेमाथि कुनै विभेद गरिएको छैन”


बुटवल l रुपन्देही कारागारले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि कुनै पनि प्रकारको विभेद नगरेको दाबी गरेको छ। विभिन्न मिडिया तथा सामाजिक सञ्जालमा लामिछानेमाथि विभेद भएको समाचार आएपछि कारागार प्रशासनले आज साँझ विज्ञप्ति जारी गर्दै त्यसको खण्डन गरेको हो।

रुपन्देही कारागार प्रशासक सुरेश भण्डारीको नाममा जारी विज्ञप्तिमा लामिछानेलाई अन्य सामान्य कैदीझैँ नै सेवा–सुविधा उपलब्ध गराइएको उल्लेख गरिएको छ। प्रशासनका अनुसार समय समयमा उहाँलाई भेट गरी समस्या र आवश्यकताबारे सोधपुछ गरिने र समस्याको समाधान समेत गरिने गरिएको छ।

विज्ञप्तिमा थप भनिएको छ कि लामिछानेलाई राखिएको भन्दै सार्वजनिक गरिएको कारागार भवनको तस्बिर पनि वास्तविक नभएको दाबी गरिएको छ।