‘सिटामोल’ बाट सौगात र बेनिशा उत्साहित


शुक्रबारदेखि रिलिजमा आएको फिल्म ‘सिटामोल’ ले पाएको सकारात्मक प्रतिक्रिया देखी नायक सौगात मल्ल र नायिका बेनिशा हमाल खुशी भएका छन्। शुक्रबार र शनिबार काठमाडौंका विभिन्न हलमा पुगेका उनीहरूलाई दर्शकले कथावस्तु मन छुने, भावुक बनाउने खालको प्रतिकृया दिएका छन्।

सौगातले युवाहरूको उपस्थिति उल्लेख गर्दै दर्शकको समर्थनले आफ्नो मिहिनेतमा रंग भरेको बताए। बेनिशाले भने प्रदर्शनअघि रातभर तनाव भए पनि प्रतिकृयाले हर्षित बनाएको सुनाइन्।

तुल्सीदेवी फिल्म प्रालिको व्यानरमा बनेको यस फिल्ममा प्रदीप भारद्धाजको कथा, सिमोस सुनुवारको प्रस्तुति र भुगोल कुमार कार्की तथा विकास राज जोशीको लगानी रहेको छ। फिल्ममा श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेललगायतको अभिनय छ।