काठमाडौं — निर्देशक सुरेन्द्र पौडेल निर्देशित फिल्म ‘वरिष्ठ बलराम’ तिहारको भाइटीका, कात्तिक ६ गतेदेखि प्रदर्शनमा आउने भएको छ। यसअघि कात्तिक ३ गते लक्ष्मीपूजामा रिलिज हुने तय भए पनि ३ दिन पछाडि सारिएको हो।
निर्माण टोलीले भदौ १ गते फिल्मको अफिसियल पोस्टर सार्वजनिक गर्ने तयारी गरेको छ।
फिल्ममा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङलगायत कलाकारको अभिनय छ। यो चलचित्र निर्देशक पौडेलको चौथो निर्देशकीय प्रस्तुति हो। उनले यसअघि ‘आभाष’, ‘क्रृ’ र ‘बाबरी’ निर्देशन गरेका थिए।
वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मस्को सहकार्य रहेको यस फिल्मका निर्माता आशिष एच तामाङ र श्रीराज कार्की हुन्।














प्रतिक्रिया