अर्जुन सुवेदी निर्देशित फिल्म ‘सोल्टिनी’ को प्रदर्शन मिति सारिएको छ। असोज ३ गते रिलिज हुने भनिएको यो फिल्म अब तिहारको भाइटिकामा प्रदर्शनमा आउने भएको छ।
निर्माण पक्षले अहिलेसम्म आधिकारिक जानकारी नदिए पनि विश्वसनीय स्रोतका अनुसार रिलिज मिति पक्का गरिएको छ।
फिल्मको एउटा गीत सार्वजनिक भइसकेको छ। मुख्य भूमिकामा प्रकाश सपुत र परीक्षा लिम्बु छन् भने फिल्मले अन्तरजातीय कथालाई पर्दामा उतार्ने योजना बनाएको छ।
यो फिल्मको छायांकन इलाममा सम्पन्न भएको छ। यसमा विल्सन विक्रम राई, सब्बु गुरुङ, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल, सुजन खतिवडा लगायतका कलाकारहरूको अभिनय छ।
छायांकन सुशन प्रजापतिले गरेका हुन् भने संगीत प्रशान्त सिवाकोटी र हर्कुलस बस्नेतले दिएका छन्।
रेजिना बिष्ट र संसार चौलागाईंको लगानीमा बनेको यो फिल्म प्लानेट थ्री फिल्म्सको प्रस्तुति र नेपसिने तथा योलो इन्टरटेन्मेन्टको सहकार्यमा तयार पारिएको हो। आरआर फिल्म्सले फिल्मको वितरण गर्नेछ।














प्रतिक्रिया