रुपन्देही — जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामै राख्ने आदेश जारी गरेको छ।
लामिछाने बुटवलस्थित सुप्रीम सहकारी ठगी अभियोगमा गत चैत २५ देखि कारागारमा छन्। उनले २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत बुझाउँदै रिहाइको माग गरेका थिए, तर अदालतले निवेदन अस्वीकार गरेको हो।
यसअघि उच्च अदालत तुलसीपुर र सर्वोच्च अदालतले पनि थुनामै राख्ने आदेश दिएको थियो।
यसैबीच, लामिछानेकी पत्नी निकिता पौडेलले फेसबुकमा न्यायको लागि निरन्तर लड्ने प्रतिबद्धता जनाएकी छन्।
निकिता पौडेल लामिछानेले फेसबुकमा लेखेकी छिन्:
“म थाकेकी छैन, हारेकी छैन। संविधानले दिएको हरेक अधिकारमा टेकेर लड्छु। यो सरकार र त्यसले गरेको प्रतिशोध र अन्यायविरुद्ध निरन्तर लडिरहन्छु। मेरो श्रीमानले न्याय नपाएसम्म म लडिरहन्छु।














प्रतिक्रिया