काठमाडौं – असोज ३१ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘जेरीः अन टप’को एक गीतको छायांकनका लागि मुख्य नायक अनमोल केसी र नायिका आँचल शर्मा भारतको राजस्थान पुगेका छन्। निर्देशक सुयोग गुरुङका अनुसार, उनीहरूलाई फिचरिङ गर्दै तीन दिनसम्म राजस्थानका विभिन्न स्थानमा गीतको छायांकन हुने भएको हो।
निर्माता सरोज न्यौपानेले जानकारी दिएअनुसार, फिल्मको यो गीतमा नायिका जसिता गुरुङ भने सहभागी हुने छैनन्। त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्मले जीवन संघर्ष, प्रेम र सफलता हासिल गर्ने यात्राको कथा प्रस्तुत गर्नेछ।
६ करोड रुपैयाँभन्दा बढी बजेटमा बनेको फिल्ममा अनमोल, जसिता र आँचलसँगै भुवन केसी, केदार घिमिरे, उषा खड्गी लगायतका कलाकारको अभिनय रहेको छ। हाल फिल्मको पोस्ट–प्रोडक्सन धमाधम भइरहेको छ।














प्रतिक्रिया