काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीले आफूहरूको सदन बहिष्कारलाई लोकतान्त्रिक अभ्यासविरुद्धको कदमको रूपमा चित्रण गर्न खोजिएको भन्दै आपत्ति जनाएको छ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा रास्वपा सांसद निशा डाँगीले सरकारले आफूहरूले सदनमा गरिरहेको आन्दोलन र बहिस्कारलाई लोकतान्त्रिक अभ्यासविरुद्धको कदम भनेर चित्रण गर्न खोजेका भन्दै आपत्ति जनाइन्। उनले संसद् बहिष्कार कुनै संविधान विरोधी अभ्यास नभएको र लोकतन्त्रभित्रको असहमतिको औपचारिकशैली भएको दाबी गरिन् ।
डाँगीले रास्वपाको आन्दोलन र बहिष्कार मूलतः सत्ता पक्षलाई खबरदारी गर्न र नेपाली जनताहरूको आवाजलाई यस सदनमा प्रतिनिधित्व गर्नका लागि भएको धारणा राखिन्। लोकतन्त्र भनेको संख्याको बलमा सरकार चलाउने नभइ प्रतिपक्षको कुरा सुन्ने संस्कृति नै लोकतन्त्र हो भन्ने बिर्सन नहुने उनो भनाइ छ ।
राप्रपा सांसद अनिशा नेपालीले नेपालसँग छलफल नगरी चीन र भारतबीच व्यापारिक मार्ग खोल्ने सहमतिको विरोध गर्दै उक्त कदम अन्तर्राष्ट्रिय कानुन र कूटनीतिक मर्यादा विपरीतको भएको बताइन्। यस विषयमा नेपाल सरकारले उच्चस्तरीय कूटनीतिक पहल गरी सहमति खारेज गर्न उनले माग गरिन्।
डाँगी र नेपालीले बोलेपछि रास्वपा र राप्रपाका सांसदहरुले सदन बहिष्कार गरेका थिए।














प्रतिक्रिया