काठमाडौं – र्यापर लिल क्लाउडको नयाँ र्याप गीत ‘बेबी गर्ल’ सार्वजनिक भएको छ। पछिल्लो समय नेपाली दर्शकबीच र्यापको लोकप्रियता बढ्दै गएको अवस्थामा रिलिज भएको यस गीतमा प्रियना आचार्य (मुन्नी) र निमेश जंग थापा फिचर्ड छन्।
गीतको भिडियोलाई आकर्षक बनाउन निमेशले स्वयं कोरियोग्राफी गरेका छन्। भिडियोमा प्रियनालाई पहिलो पटक बिकिनी लुकमा प्रस्तुत गरिएको छ। आफूलाई बोल्ड अवतारमा प्रस्तुत गर्न पाउँदा उत्साहित भएकी उनले दर्शकले यो नयाँ कोसिसलाई रुचाउने विश्वास व्यक्त गरेकी छन्।
भिडियोमा प्रियना र निमेशसँगै अलिशा पराजुली, रामेश्वर खड्का, श्याम श्रेष्ठलगायतका कलाकार पनि देखिएका छन्।
यसको निर्माण एस खेतान र पुनम अग्रवालले गरेका हुन् भने निर्देशन पी माधवले गरेका छन्। भिडियोलाई रोमन मार्सले छायांकन गरेका हुन्। ‘बेबी गर्ल’ फ्रिक स्ट्रीट डायरिजको युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो।














प्रतिक्रिया