फिल्म “चिट्ठी” को ट्रेलर युट्युबमार्फत सार्वजनिक गरिएको छ। एरा प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस फिल्मलाई कमला जोशीले निर्माण गरेकी हुन्।
कमेडी, हरर र सस्पेन्सको मिश्रणमा तयार भएको फिल्म आगामी भदौ २० गतेदेखि देशभरका हलमा प्रदर्शनमा आउँदैछ।
यसको पटकथा र निर्देशन माधवराज खरेलले गरेका हुन्। फिल्ममा खड्गबहादुर पुन ‘खबपु’, संजीत भण्डारी, गोपाल ढकाल ‘छन्दे’, नवराज थापा, प्रवण भुषाल, मुस्कान लामा, कञ्चन चालिसे, मोहन निरौला, शान्तिप्रियलगायतका कलाकारहरूको अभिनय रहेको छ।














प्रतिक्रिया