कोशेढुंगा’को गीत ‘हे बरै’ सार्वजनिक…(हेर्नुस् भिडियो)


काठमाडौं – फिल्म ‘कोशेढुंगा’ को नयाँ गीत ‘हे बरै’ सार्वजनिक भएको छ। झलकमान गन्धर्वको चर्चित गीत ‘के बरै’ लाई पुनः स्वराङ्कन गर्दै निर्माण पक्षले यसलाई फिल्ममा समावेश गरेको हो।

गीतमा परदेशिएको छोरो परिस्थितिवश घर फर्कन नसक्ने अवस्था चित्रण गरिएको छ। अहिले यो मार्मिक गीतलाई आशिष अविरलले स्वर दिएका छन्। नेपाली लोकसंगीतका महान गायक झलकमान गन्धर्वलाई श्रद्धाञ्जलीस्वरूप गीतलाई पुनः स्वराङ्कन गरिएको निर्माण पक्षले जनाएको छ।

गीतको भिडियामा कलाकार मुकुन भुसाललाई सारङ्गी बोकेर यात्रा गर्ने चरित्रमा देखाइएको छ। उनको यो पात्र ‘पूर्णबहादुरको सारङ्गी’ का भीरेबाट प्रेरित गरिएको हो। गाडीमा सारङ्गी बजाउँदै गीत गाउने दृश्यले भावनात्मक वातावरण सिर्जना गरेको छ।

सरोज पौडेल निर्देशित फिल्म ‘कोशेढुंगा’ आगामी भदौ १२ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ। फिल्मलाई नरदेवी फिल्मसले प्रस्तुत गरेको हो।

यसमा सुरक्षा पन्त, मन्जिल कुमार, आर्यन सिग्देल, ऋचा शर्मा, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल, विशाल पहाडी, हिउँवाला गौतम, दिनेश काफ्ले र लोकमणि सापकोटालगायत कलाकारको अभिनय रहेको छ।

फिल्मका निर्मातामा प्रेबिल कँडेल र किशोर अनुराग रहेका छन् भने कार्यकारी निर्माता दिनेश खड्का हुन्।