‘अभिमन्यु : च्याप्टर १’को ट्रेलर सार्वजनिक, क्राइम–थ्रिलरमा कामेश्वर चौरासिया


काठमाडौं – फिल्म “अभिमन्यु : च्याप्टर १” को ट्रेलर सार्वजनिक भएको छ। फिल्मले परिवारको खुसीका लागि मुख्य पात्रले गर्नुपर्ने संघर्ष र जीवनयात्राको कथा प्रस्तुत गर्न खोजिएको छ।

३ मिनेट ११ सेकेन्ड लामो ट्रेलरमा कथावस्तु, पात्रहरूको चरित्र चित्रण र द्वन्द्वलाई देखाएको छ। यसमा कामेश्वर चौरासिया, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, सरिता गिरी र प्रकाश दाहालको अभिनय देख्न सकिन्छ।

सुशान्त गौतमको निर्देशनमा बनेको फिल्मको पटकथा मुकेश खनालले तयार पारेका हुन्। सेभेन सिज सिनेमाजको ब्यानरमा निर्माण भएको यसलाई विनोद पौडेल र गुञ्जन गिरीले निर्माण गरेका हुन्। “अभिमन्यु” नेपाली संस्करण भदौ २७ गते र हिन्दी संस्करण असोज ६ गतेदेखि प्रदर्शनमा आउनेछ।