काठमाडौं – गायक तथा संगीतकार सफल शेरचनको स्वर, शब्द र संगीतमा तयार भएको गीत ‘भो नबोलाउ मलाई’ को भिडियो सार्वजनिक भएको छ। शनिबार राजधानीमा आयोजित एक विशेष कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यमा भिडियो रिलिज गरिएको हो।
भिडियो सार्वजनिक गर्दै श्रेष्ठले गीत निकै मन पराएको बताए। उनले सफल शेरचनको प्रस्तुति, शब्द र धुनको प्रशंसा गर्दै यस गीतले श्रोता तथा दर्शकको मन जित्ने विश्वास व्यक्त गरे र सम्पूर्ण टिमलाई बधाई दिए।
गीतमा चर्चित संगीतकार बाबुल गिरीले एरेन्ज गरेका छन् भने राजेश शाहले मिक्सिङ/मास्टरिङ सम्भालेका छन्। दिपा शाक्य श्रेष्ठको निर्देशनमा बनेको भिडियोमा सनिशा भट्टराई र आशिर्वाद क्षेत्रीको आकर्षक केमेस्ट्री देख्न सकिन्छ। कार्यक्रममा बोल्दै अभिनेत्री सनिशाले आशिर्वादको अभिनयको खुलेर प्रशंसा गर्दै भविष्यमा पनि उनीसँग काम गर्ने इच्छा व्यक्त गरिन्।
भिडियो छायांकन उत्तम हुमागाईंले गरेका हुन् भने रंग संयोजन प्रकाश मानन्धरको रहेको छ। मेकअप डिपा पौडेलले गरेकी छिन्। प्रोडक्सन म्यानेजरको जिम्मेवारी दिपेन गौतम ‘माइकल’ ले सम्भालेका छन्।
‘भो नबोलाउ मलाई’ एसएस प्रोडक्सन लण्डनको ब्यानरमा बनेको हो र आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। निर्माण पक्षले गीतलाई चाँडै नै स्पोटिफाइ, टिकटक, रिसो, एप्पल म्युजिक, जिओ सावन र अमेजन प्राइम म्युजिकमा पनि रिलिज गर्ने तयारी गरेको छ।














प्रतिक्रिया