प्रधानमन्त्री केपी ओलीले दिए राजीनामा


काठमाडौं । प्रधानमन्त्री केपी ओलीले पदबाट राजीनामा दिएका छन् । केही बेर अघि मात्रै ओलीले पदबाट राजीनामा दिएको स्रोतले जनाएको छ । जेनजी आन्दोलन अनियन्त्रित भएपछि बाध्य भएर उनले पद छाडेका हुन् । सोमबार जेनजी आन्दोलनमा १९ जना मारिएका थिए ।