काठमाडौं- ललितपुरको गोदावरीमा रहेको सनराइज सम्मेलन केन्द्र भदौ २३ र २४ गरेको जेनजी आन्दोलनकारीहरुले गरेको आगजनीपश्चात पूर्णरुपमा ध्वस्त भएको छ ।
तत्कालीन प्रधानमन्त्री केपी ओलीले २०७८ वैशाखमा उत्घाटन गरेको सो सम्मेलन केन्द्र अहिले खण्डहर बनेको छ ।
सहरी विकास मन्त्रालय अन्तर्गत करिब ४३ रोपनी १५ आनामा बनेको तीन हजार दर्शक क्षमताका सम्मेलन केन्द्र ८१ करोड खर्चमा केसी–समानान्तर जेभीले निर्माण गरेको थियो ।
निर्माण सम्पन्न भएको लगभग चार वर्षमै आगजनीका कारण सो सम्मेलन केन्द्र ध्वस्त भएको छ ।
पछिल्लो समय नेपालमा हुने ठूल्ठूला कार्यक्रम र इभेन्ट सबै गोदावरी सम्मेलन केन्द्रमै हुँदै आएको थियो । विदेशीलाई देखाउन मिल्ने यही एउटा सम्मेलन केन्द्र थियो । तर आन्दोलनका नाममा बाहिरबाट आएका घुसपैठियाले सम्मेलन केन्द्रमा आगो लगाएको स्थानीय प्रत्यक्षदर्शीहरूको भनाइ छ ।














प्रतिक्रिया