बससेवाले खुलायो दशैं टिकट बुकिङ, ७० भन्दा बढी जिल्लाका लागि सुविधा


काठमाडौं – दशैंलाई लक्षित गर्दै बससेवाले बस तथा हवाई टिकट बुकिङ खुलाएको छ। यात्रुहरूले बससेवा मोबाइल एप वा बससेवा डटकममार्फत ७० भन्दा बढी जिल्लाका लागि सजिलै टिकट काट्न सक्नेछन्।

बससेवाका प्रमुख कार्यकारी अधिकृत पीआर खनालका अनुसार १५ भदौदेखि आंशिक बुकिङ खुलाइसकिएको हो। पर्याप्त टिकट उपलब्ध भएकाले यात्रुले मोबाइलबाटै सहजै बुकिङ गर्न सक्ने उनले बताए।

हवाई टिकट काट्ने यात्रुहरूका लागि विशेष योजना पनि छ। बससेवामार्फत हवाई टिकट खरिद गर्दा हरेक टिकटमा पाँच सय रुपैयाँसम्म क्यासब्याक पाउनेछन्। यो अफर मंसिरसम्म लागू हुने कम्पनीले जनाएको छ।

यात्रुलाई आकर्षित गर्न बससेवाले उपहार योजनासमेत ल्याएको छ। अग्रिम टिकट बुकिङ गर्ने पाँच जनाले उपहारस्वरूप खसी पाउनेछन् भने सय यात्रुले निःशुल्क टिकट जित्नेछन्। त्यस्तै, ५० जनाले दुई हजार रुपैयाँ बराबरको लुगा खरिद कुपन पाउनेछन्।

टिकट काट्ने तरिका:
बससेवा मोबाइल एप डाउनलोड गरी बस वा उडान चयन गर्ने, गन्तव्य र मिति छान्ने, समय तथा मूल्य मिलाएर सिट रोज्ने र आवश्यक विवरण भरेपछि बैंक वा वालेटमार्फत भुक्तानी गर्न सकिन्छ।