काठमाडौं – प्रकाश सपुत र परीक्षा लिम्बु अभिनीत फिल्म ‘सोल्टिनी’ को टिजर सार्वजनिक गरिएको छ। फिल्म आगामी कात्तिक ६ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ।
सार्वजनिक टिजरमा प्रकाश र परीक्षाको प्रेम, विछोड र संघर्षको कथा प्रस्तुत गरिएको छ। ग्रामीण जीवनशैली, समाजको कठोर यथार्थ र उनीहरूको बोल्ड निर्णयसमेत टिजरमा देखाइएको छ। निर्माण पक्षका अनुसार फिल्मले समाजमा विद्यमान अमानवीयता र जातीय भेदभावविरुद्ध आवाज उठाउने प्रयास गरेको छ।
अर्जुन सुवेदीको निर्देशनमा बनेको यस फिल्ममा विल्सन विक्रम राई, सब्बु गुरुङ, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल, सुजन खतिवडालगायतका कलाकारको अभिनय छ।
फिल्मको प्रमुख आकर्षण प्रकाश र परीक्षाको प्रेमकथा रहेको बताइएको छ। प्रशान्त सिवाकोटी र हर्कुलस बस्नेतको संगीत, सुशन प्रजापतिको छायांकन (डीओपी), अर्जुन सुवेदी र कुमार भट्टराईको कथा तथा पटकथा यसमा समावेश छ।
फिल्ममा रोजिना बिष्ट र संसार चौलागाईंले लगानी गरेका छन् भने सह–निर्मातामा रोशन चौलागाईं, वसन्त कटुवाल र सुजन अधिकारी रहेका छन्।














प्रतिक्रिया