युट्युब ट्रेन्डिङ नम्बर १ मा ‘बलिदान, रिलिजअघि नै चर्चा


काठमाडौं – वडादसैँको फूलपातीमा प्रदर्शनमा आउने चलचित्र ‘बलिदान’ को ट्रेलर युट्युब ट्रेन्डिङमा पुगेको छ। सार्वजनिक भएको केही घण्टामै यसले नेपालको ट्रेन्डिङको शीर्ष स्थान कब्जा गरेको हो।

नेपाल मात्र होइन, नेपालीहरूको बसोबास रहेका अन्य मुलुकहरूमा पनि ट्रेलर ट्रेन्डिङमा परेको छ। शुक्रबार सार्वजनिक भएको ट्रेलरलाई हालसम्म झन्डै सात लाख पटक हेरिएको छ।

‘आसुसेन फिल्म्स प्रा.लि.’ को ब्यानरमा बनेको चलचित्रमा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायतको अभिनय छ। फिल्मलाई पवन ब्राडफोर्ड बिस्टले निर्माण र प्रेम पुरीले कार्यकारी निर्माण गरेका हुन् भने निर्देशन सन्तोष सेनले गरेका हुन्।