काठमाडौं । एमाले केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । एमाले अध्यक्ष केपी ओलीनिवास भक्तपुरको गुन्डुमा केहीबेर अघि बैठक सुरु भएको हो ।
बैठकमा समसामयिक राजनीतिक परिस्थिति, पार्टीका आन्तरिक विषयको व्यवस्थापन, जेन–जी आन्दोलनपछि पार्टीको अवस्था र आसन्न केन्द्रीय कमिटीका एजेन्डाबारे छलफल हुने नेताहरुले जनाएका छन् ।
एमाले केन्द्रीय कार्यालय सचिव भीष्म अधिकारीका अनुसार बैठकमा आगामी केन्द्रीय कमिटीको कार्यसूची र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ । केन्द्रीय कमिटी बैठक यही असोज २९ गते बोलाइएको छ ।
जेनजी आन्दोलनका बेला एमाले पार्टी कार्यालय र नेताहरूको निवास आगजनी गरिएपछि गुन्डुमा भाडाको घरमा बस्दै आएका ओली निवासमा केन्द्रीय सचिवालय बैठक बसेको हो । यसअघि एमाले सचिवालय बैठक असोज १२ गते बसेको थियो । गत साता राखिएको बैठक लगातारको वर्षा र त्यसपछि उत्पन्न बाढीपहिरोका कारण आजलाई सारिएको थियो ।














प्रतिक्रिया