काठमाडौं – २०७५ पुस २६ गते मिडियासँगको अन्तर्वार्तामा तत्कालीन नेता सुशीला कार्कीले ‘पाँच दिनमै भ्रष्टाचार रोक्न सक्छु’ भन्दै निकै आत्मविश्वासपूर्ण अभिव्यक्ति दिएकी थिइन्।
श्रीमान् दुर्गा सुवेदीलाई छेउमै राखेर उनले ‘चुट्कीको भरमा नियन्त्रण गर्न सक्छु’ भनेर दाबी गरेकी थिइन्।
तर अहिले आफैं सरकार प्रमुखको हैसियतमा पुगेकी कार्कीले पाँच दिन त टाढा रहोस्, एक महिनाभन्दा बढी समय बितिसक्दा पनि भ्रष्टाचार नियन्त्रणका लागि कुनै ठोस कदम चालेकी छैनन्।
यही कारण हाल जेनजी (GenZ) का विभिन्न समूहमा रहेका युवाहरू प्रत्येक दिनजसो बालुवाटार पुगेर सरकारलाई दबाब दिने काम गरिरहेका छन्।
उनीहरूले ‘भ्रष्टाचारीलाई कारबाही गर’ भन्ने मागसहित सरकारमाथि निरन्तर दबाब बढाइरहेका छन्।
सार्वजनिक प्रतिक्रियामा धेरैले कार्कीको सुरुवाती दाबी र हालको मौनतालाई ‘कथनी र करनीबीचको ठुलो अन्तर’ भनेर आलोचना गरेका छन्।














प्रतिक्रिया