काठमाडौं । एमालेको केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक सुरु भएको छ । असोज २९ र ३० गते बसेको बैठकमा बोल्न बाँकी रहेका केन्द्रीय सदस्य र पदाधिकारीले पार्टी अध्यक्ष केपी ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि आज आ–आफ्नो धारणा राख्नेछन् ।
यसअघि करिब १९६ केन्द्रीय सदस्यले आआफ्नो धारणा राखेका थिए ।आजको बैठकमा पोलिटब्युरो, स्थायी कमिटी र पदाधिकारीहरुले आफ्ना धारणा राख्ने प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । एमालेमा स्थायी र पदाधिकारीसहित ९९ नेताहरु छन् ।
स्थायी र पदाधिकारीलाई पनि तीन मिनेटकै समय उपलब्ध गराइएको छ । सबैले आफ्नो धारणा राखेपछि अन्त्यमा अध्यक्ष ओलीले प्रतिवेदनमाथिको सुझावको एकमुष्ट जवाफ दिएर बैठक समापन गरिने छ ।
बैठकमा एकाधबाहेक कोही पनि ओलीको विकल्पमा बोल्न सकेका छैनन् । बोले पनि लुते पाराले आफ्ना धारणा राखेका छन् । सोही कारण ओलीले नेतृत्व हस्तान्तरणको माग गर्ने नेताको आवाज सुनेको नसुनैझैं गरेका छन् । कतिसम्म भने नेताहरुलाई धेरै नबोल्न र आफ्ना कुरामात्र सुन्न उनले निर्देशन दिएका छन् । जसकारण एमालेमा नेतृत्व हस्तान्तरण भन्ने विषय पानीको फोका जस्तै सावित हुने भएको छ ।














प्रतिक्रिया