काठमाडौं – ललितपुरमा योजनाबद्ध रूपमा दुर्घटना गराई ११ लाख रुपैयाँ बराबरको सुनको सिक्री लुटपाट भएको खुलासा भएको छ।
घटना ५ असोज राति करिब १२ बजे जावलाखेलस्थित चिडियाखानाको पश्चिमतर्फ रहेको मन्दिर नजिक भएको हो।
बा५२प १३९२ नम्बरको स्कुटर चलाउँदै आएकी ३७ वर्षीया भीमकुमारी सिर्पाली (घर: बाग्लुङ) सवार स्कुटरलाई बा९३प ३७६७ नम्बरको स्कुटर र नम्बर नखुलेका दुईवटा मोटरसाइकलमा सवार समूहले ठक्कर दिई लडाएका थिए।
दुर्घटनापछि ती महिलाको गलामा रहेको ११ लाख रुपैयाँ बराबरको सुनको सिक्री लुटिएको थियो।पीडितले लुटपाटको उजुरी दिएपछि प्रहरीले अनुसन्धान थालेको थियो। अनुसन्धानका क्रममा प्रहरीले काभ्रेको रोशी गाउँपालिका–७ का ३० वर्षीय गंगेबहादुर तामाङलाई सोमबार पक्राउ गरेको छ। उनीमाथि अनुसन्धान गर्दा लुटपाटमा पाँच जनाको समूह संलग्न रहेको खुलेको छ। बाँकी चार जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेका तामाङबाट ठक्कर दिन प्रयोग गरिएको बा९३प ३७६७ नम्बरको स्कुटर पनि प्रहरीले बरामद गरेको छ।














प्रतिक्रिया