काठमाडौँ – अमेरिका जानका लागि एजेन्टलाई ८० लाख रुपैयाँ बुझाएका बाँके ढकेरीका ३४ वर्षीय भूपेन्द्र ओलीले आत्महत्या गरेका छन्। उनी बुधबार आफ्नै घरको गोठमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्।
परिवारका अनुसार, ओलीले पहिलो पटक दिल्ली हुँदै र दोस्रो पटक स्पेन हुँदै अमेरिका जाने प्रयास गरेका थिए। तर दुवै प्रयास असफल भएपछि उनी नेपाल फर्किएका थिए। उनले आफूलाई अमेरिका पठाउन नसकेकी महिला एजेन्टसँग पैसा फिर्ता माग्दा, उल्टै एजेन्टले बलात्कारको आरोप लगाउने धम्की दिएको भन्दै मानसिक रूपमा तनावमा रहेका थिए।
त्यही तनावका कारण ओलीले आफ्नो घरको गोठमा झुन्डिएर आत्महत्या गरेको परिवारजनको भनाइ छ।ओलीका श्रीमती, एक छोरा र एक छोरी छन्। स्थानीय प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।














प्रतिक्रिया