सुनवलमा बस ठक्करबाट चार वर्षिय विद्यार्थीको मृत्यु


काठमाडौँ – नवलपरासीको सुनवल नगरपालिकास्थित द पाइनियर सेकेण्डरी इङ्लिस बोडिङ् स्कूलको बसको ठक्करबाट एलकेजीमा अध्ययनरत चार वर्षिय सुभम कोहाँरको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी इन्स्पेक्टर नारायण थापाका अनुसार, विद्यार्थी स्कुल छुट्टि भएपछि घर पुर्‍याउन लागेको बसबाट पैसा लिएर ओर्लिएका थिए। उनी दक्षिणतर्फ घर जाने क्रममा विपरीत दिशामा रहेको पसलमा खानेकुरा किन्न दौडिरहेका थिए, त्यही क्रममा बसको पछाडि ठोक्किँदा घाइते भएका थिए।

घाइते सुभमलाई देवदह मेडिकल कलेजमा लगिएको भए पनि बुधबार राति उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। सुभमका पिता सन्तोष कोहाँर सुनवल नगरपालिका–४ बस्ने नागरिक हुन्।