काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्दैछ । महाधिवेशनबारे जारी विवादमा सहमति खोज्न केन्द्रीय कार्यसम्पादा समिति बैठक बस्न लागेको हो ।
बैठक ललितपुरको धोबीघाटमा दिउँसो १ बजे बस्ने छ । कांग्रेसमा फागुन २१ का लागि तय भएको निर्वाचनअघि पार्टीको महाधिवेशन गर्ने गरी तालिका ल्याउने वा नल्याउने भन्ने विषयमा सहमति जुट्न सकेको छैन ।
असोज २८ गतेदेखि सुरू भएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा चुनावअघि महाधिवेशन गर्नुपर्ने र गर्न नहुने विषयमा नेताहरू विभाजित छन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्षमा रहेकाहरू आगामी पुसभित्र नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशन गर्नुपर्ने अडानमा छन् ।
महामन्त्री थापाले बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा नियमित महाधिवेशनको अध्याय समाप्त भएको भन्दै विशेष महाधिवेशनका लागि मंसिर २७ को मिति प्रस्ताव गरेका थिए । अर्का महामन्त्री शर्माले नियमित महाधिवेशन नगरिए पुसभित्र विशेष महाधिवेशन गर्नुपर्ने विधानतः बाध्यता रहेको धारणा राखेका थिए ।
तर संस्थापन पक्षका केही केन्द्रीय सदस्य र पूर्वपदाधिकारीहरू कुनै पनि हालतमा चुनावअघि महाधिवेशन गर्न नहुने अडानमा छन् । कांग्रेस सभापति शेरबहादुर देउवा आज स्वदेश फर्किने भएका छन् । केन्द्रीय समिति बैठकमा पनि नेताहरूले बोल्ने क्रम सकिएकाले अब महाधिवेशनको कार्यतालिका टुंगो लगाएर शनिबार बैठक राखिने भएको छ ।














प्रतिक्रिया