संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईबाट आएको नेपाल वायुसेवा निगमको जहाज ‘होल्डिङ फ्युल’ (आकाशमा फन्का लगाउन आवश्यक तेल) नभएको भन्दै दिल्ली डाइभर्ट भएको छ ।
निगमको आरए २३० उडानको जहाज आज विहान ९ः४० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुपर्ने थियो । यो जहाज नेपाली भूमि प्रवेश गरिसकेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण अगाडि केहीसमय होल्डमा बस्नुपर्ने भयो । विमानस्थलमा चाप भएपछि अवतरणमा केही समय कुर्नु पर्ने भयो ।
उक्त विमानले निजगढको आकाशमा केही फन्का मारेपछि जहाजमा होल्डिङ फ्युल नभएको भन्दै जहाजका पाइलटले होल्डमा नबस्ने र दिल्ली डाइभर्ट हुन अनुमति मागेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले बताए ।














प्रतिक्रिया