काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिका–९ स्थित सडकमा बसको ढोकाबाट खसेर एक महिलाको मृत्यु भएको छ।
प्रहरीका अनुसार इन्द्रेणीबाट साँखुतर्फ जाँदै गरेको बा ४ ख ४४४५ नम्बरको बसमा सवार सिन्धुपाल्चोक घर भएकी ३४ वर्षीया सानुमाया दोङ बसको ढोकाबाट खसेर घाइते भएकी थिइन्।
गम्भीर घाइते दोङलाई उपचारका लागि शंखरापुर अस्पताल लगिएको थियो। उपचारका क्रममा दिउँसो ३ बजेर ५० मिनेटमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि प्रहरीले बसका चालक ललितपुरको महांकाल–२ बस्ने दीपक मोक्तानलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




















प्रतिक्रिया