स्कुल बसको ठक्करबाट ८ वर्षीय बालकको मृत्यु


काठमाडौँ – कैलालीको घोडघोडी नगरपालिका–२ स्थित घोडाघोडी नगर अस्पताल नजिक स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ। सनराइज बोर्डिङ स्कुल बौनियाको म.प्र. ०३–००१ क २९४१ नम्बरको बसबाट झर्ने क्रममा ठक्कर लाग्दा सोही विद्यालयमा कक्षा १ मा अध्ययनरत ८ वर्षीय गोविन्द बिष्टको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बसबाट झर्ने क्रममा भएको दुर्घटनामा बिष्ट गम्भीर घाइते भएका थिए। घटनापछि प्रहरीले बस चालक ५७ वर्षीय भागीराम चौधरीलाई नियन्त्रणमा लिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।