काठमाडौँ – काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ सतुङ्गलमा गएराति दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार प्रदेश ३–०२–००६ प ९५३२ नम्बरको मोटरसाइकल र बाप्र ०२–०६१ प ३८३५ नम्बरको मोटरसाइकल ठोक्किँदा उक्त मोटरसाइकलका चालक २५ वर्षीय आयुष महर्जन गम्भीर घाइते भएका थिए।
घाइते महर्जनको एपीएफ अस्पताल बलम्बुमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका अर्को मोटरसाइकलका चालकको सोही अस्पतालमा उपचार भइरहेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।














प्रतिक्रिया