एमाले महाधिवेशनस्थलमा ओलीसँग ज्योति मगर लपक्कै, तस्बिर भाइरल


काठमाडौं । लोकगायिका ज्योति मगर र एमाले अध्यक्ष केपी ओलीबीचको एउटा तस्बिर यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ । बुधबार बिहानदेखि सुरु भएको मतदानका बेला भृकुटीमण्डपस्थित महाधिवेशनस्थलमा ज्योति र ओलीबीचको आत्मीय भेट चर्चाको विषय बनेको हो ।

महाधिवेशनका क्रममा ओली र ज्योति मगर एकसाथ सुन्तला खाँदै अनौपचारिक गफ गरिरहेको दृश्य सार्वजनिक भएपछि प्रतिनिधि एवं एमाले नेता कार्यकर्ता छक्क परेका थिए । ज्योति मगर पछिल्लो समय खुलेरै एमालेको समर्थनमा उत्रिएकी छन् । उनले विभिन्न कार्यक्रम र सामाजिक सञ्जालमा एमालेप्रति आफ्नो सकारात्मक धारणा व्यक्त गर्दै आएकी छिन्।

मंगलबार पनि ज्योति मगरले एमाले केन्द्रीय सदस्यका उम्मेदवार पूर्णबहादुर गुरुङका लागि मत मागेकी थिइन् । उनी दिनभरजसो भृकुटीमण्डपमै देखिएकी थिइन् । आगामी निर्वाचनमा ज्योतिलाई एमालेले प्रदेश सांसदका लागि उम्मेदवार सिफारिस गर्ने चर्चा सुरु भएको छ । भदौ २३ र २४ को जेनजी आन्दोलनपछि ज्योति मगरको धेरै झुकाव केपी ओलीप्रति देखिएको छ ।