काठमाडौं । एमाले महाधिवेशनमा नयाँ नेतृत्वको चयनका लागि मतदान जारी छ । बिहान साढे ९ बजेदेखि सुरु भएको मतदानमा अहिलेसम्म करिब ६ सय मत खसेको एमालेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । ६ घन्टामा ६ सय मत खसेकाले आज रातभर मतदान हुने देखिएको छ ।
प्रति घन्टा एक सयजना प्रतिनिधिद्वारा मतदान हुँदा मतदान मध्यरातसम्म चल्ने निर्वाचन आयोगले अनुमान गरेको हो । आयोगले बुधबार अपराह्न ५ बजेसम्म मतदानस्थलभित्र प्रवेश गर्न महाधिवेशन प्रतिनिधिलाई आग्रह गरेको छ । एमालेमा १९ पदाधिकारी र २८२ केन्द्रीय सदस्यसहित ३०१ जनाको केन्द्रीय कार्यसमिति छ ।
६ सयभन्दा बढी उम्मेदवार मैदानमा भएकाले पनि भोटिङ गर्न समय लागेको हो । एकजना प्रतिनिधिलाई भोट हाल्न ३० देखि ४० मिनेट लाग्ने गरेकाले अहिलेकै रेसियोमा मत खस्दै गएमा बिहीबार बिहान ७ बजेसम्म मतदान प्रक्रिया जारी रहने अनुमान गरिएको छ । एमालेमा साढे २२ सय महाधिवेशन प्रतिनिधि छन् ।
जसमध्ये दुई हजार भोट खस्ने निर्वाचन आयोगले अपेक्षा गरेको छ । एमालेमा नयाँ नेतृत्वका लागि केपी ओली र ईश्वर पोखरेल प्यानल बनाएर मैदानमा उत्रिएका छन् । दुवैतर्फका उम्मेदवार अहिले भृकुटीमण्डप परिसरमा भोट माग्न व्यस्त देखिएका छन् ।














प्रतिक्रिया