बालेनको दल ‘देश विकास पार्टी’, चुनाव चिन्ह ‘लौरो’


काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह बालेन दलसहित फागुन २१ को निर्वाचनमा होमिने भएका छन् । उनी ‘देश विकास पार्टी’ आफ्नो बनाएर चुनावमा होमिन लागेका हुन् । ‘हाम्रो नेपाली पार्टी’ को नाम परिवर्तन गरी निर्वाचन आयोगमा ‘देश विकास पार्टी’ गठन गरिएको छ । हाल अनन्तराम घिमिरे पार्टीको अध्यक्ष छन् ।

सोही पार्टीको अध्यक्ष( बालेन हुनेछन् । चुनाव चिन्ह ‘लौरो’ हुनेछ । बालेन मेयरमा ‘लौरो’ चुनाव चिन्ह लिएर उठेका थिए । बुधबार राति भएको ६ घन्टाभन्दा लामो छलफलमा बालेनले युवा शक्ति मिलेर जान प्रस्ताव गरेका थिए ।

उनले आफूलाई रास्वपा सभापति रवि लामिछानेले साधारण सदस्य मात्र बन्न भनेर ह्युमिलेट गरेको गुनासो गरेका थिए । देश विकास पार्टीलाई फराकिलो बनाएर जाने बालेनको तयारी छ ।