पूर्वगृहमन्त्री लेखक बयान दिन पुगे जाँचबुझ आयोग


काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखक भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको कार्यालय पुगेका छन् । उनी जेनजी आन्दोलनका बेला भएका घटनाको विषयमा जानकारी दिन सोमबार दिउँसो सिहदरबारस्थित आयोग कार्यालय पुगेका हुन् । लेखक आयोग पुग्नेबेला अध्यक्ष गौरीबहादुर कार्की पनि सँगसँगैजसो थिए ।

आयोगलाई बयान दिएपछि लेखकले आजै दिउँसो २ बजे कांग्रेस केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन बोलाएका छन् । लेखकलाई गत सोमबार आयोगले बयान दिन पत्र पठाएको थियो । पूर्वगृहमन्त्री लेखकसँग बयान सकेपछि आयोगले पूर्वप्रधानमन्त्री केपी ओलीसँग बयानका लागि पत्र पठाउने छ ।

तर ओलीले आफू बयान दिन आयोग नजाने, बरु आयोगका पदाधिकारी निवासमा आए स्वागत गर्ने बताएका छन् । आयोगले बयान सकेपछि आजै रमेश लेखकको स्थान हद हटाउने निर्णय गर्नेछ ।