काठमाडौं । गणतन्त्र नेपालका दुई पूर्वराष्ट्रपति डा. रामवरण यादव र विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । कांग्रेस केन्द्रीय सदस्य किरण यादवको निवासमा मंगलबार यादव र भण्डारीको भेटवार्ता भएको हो । भेटमा समसामयिक राजनीतिक घटनाक्रमको विषयमा छलफल भएको छ ।

यादव र भण्डारी दुवै अहिले पार्टी राजनीतिमा सक्रिय छैनन् । भण्डारीले एमालेको सदस्यता नवीकरण गरे पनि पछि नेतृत्वले खारेज गरिदिएको थियो । यादवले भने राष्ट्रपति हुने बेलामै कांग्रेसको साधारण सदस्यता त्यागेका थिए । भण्डारी र यादवबीच नाता सम्बन्ध छ ।
यादवकी भतिजी किरण यादव र भण्डारी सम्धिनी हुन् । भण्डारीकी कान्छी छोरीको बिहे किरण यादवका छोरासँग भएको छ । छोरी भेट्न गएका बेला डा.यादवसँग भण्डारीको भेट भएको हो ।















प्रतिक्रिया