काठमाडौं । नेपालमा दुर्गा प्रसाईको समूह जबर्जस्त बढ्नु र बैंकिङ क्षेत्रमा अराजकता बढ्नुमा एनआइसी एसिया बैंकको भूमिका प्रमुख रहेको सबैलाई थाहा भ्रएकै विषय हो । नेपाल राष्ट्र बैंकको ऐन विनियमलाई धोती लगाउँदै एनआइसी एसिया बैंकले यसरी अराजकता मच्चायो कि त्यसकै कारण धेरै मानिस रुष्ट बनेका छन् ।
देश अहिले आर्थिक मन्दीमा छ । व्यापार व्यवसाय राम्रोसँग सञ्चालन भएका छैनन् । यस्तो अवस्थामा राज्यले आवश्यक व्यवसायिक वातावरण सुधार्न सकेको छैन । उद्योगी व्यापारीलाई संकटको बेला साथ दिनुपर्ने बैंक समस्याको रुपमा खडा भएको छ । हरेक दिन दैनिक पत्रपत्रिका समाचारले भन्दा बैंक तथा वित्तीय संस्थाको लिलामीको सूचनाले भरिएको छ । यी सूचनाहरुबाटै बैंकहरु खराब कर्जाको जोखिममा परेको बुझ्न सकिन्छ ।
जथाभावी कर्जा प्रवाह गर्ने बैंकहरुमाथि राष्ट्र बैंकले समयमै लगाम लगाउन नसक्दा ठूला बैंकहरु पनि भित्रभित्रै खोक्रो हुन थालेको छ । मर्जरले कतिपय राम्रा बैंकमा धमिरा लाग्न थालेको छ । बैंकहरुको वित्तीय अवस्था खस्कँदै गएको कारण एनआइसी एसिया बैंक डुब्ने अवस्थामा पुगेको छ । एनआइसी एसिया बैंकबाट ठगिएको महसुस नगर्ने सायदै कोही सेवाग्राही होलान । सस्तो ब्याजको लोभ देखाएर वृद्धि गर्दै महँगो बनाएपछि ऋण तिर्न नसकेकाहरू पनि धेरै छन् ।
बैंकले कर्जा तिर्न नसकेका ऋणीलाई थप ऋण दिएर सोही ऋणबाट आफ्नो किस्ता पनि लिने गरेको छ । दीर्घकालीन रुपमा ऋणीको ऋण बढेर तिर्नै नसक्ने अवस्था पनि आएको छ । ग्राहकको ‘कालोसूची’ निकालेर बैंकले दैनिक पत्रिकाको पेज भर्ने गरेको छ । दैनिक पत्रिकामा एनआइसी एसिया बैंकको लिलामीसम्बन्धी सूचनाले भरिने गरेका छन् । जसका कारण दुर्गा प्रसाईँजस्ता बैंकविरोधीले आमजनताको समर्थन पाउने स्थिति बनेको छ ।
एकपछि अर्को गर्दै कमजोरी ढाकछोप गर्न विज्ञप्ति जारी गर्नुपर्ने स्थितिमा एनआईसी एसिया बैंक पुगेको छ । विज्ञप्तिको पनि विज्ञापन छाप्नुपर्ने स्थितिमा बैंक पुगेको कर्मचारीहरु नै बताउँछन् । बैंकले तारन्तार जारी गरेको विज्ञप्तिले पनि बैंक संकटोन्मुख भएको संकेत गर्छ । यो बैंकले विभिन्न शाखा बन्द गर्न राष्ट्र बैंकमा निवेदन पनि दिएको छ ।
यसले पनि सर्वसाधारणमा आफ्नो लगानी डुब्ने हो कि भन्ने त्रास बढेको छ । अघिल्लो सिइओ रोशनकुमार न्यौपानेले एनआइसीलाई थिलथिलो बनाएर निस्केका थिए । राष्ट्र बैंकले दुई लाख जरिवाना गरेपछि उनी राजीनामा दिएर बाहिरिएका थिए । उनीपछि आएका सिइओ सुजितकुमार शाक्य पनि एनआईसी एसियाकै पूर्वकर्मचारी हुन् । उनी साबिकको बैंक अफ एसियामा कार्यरत थिए । मर्जरपछि बैंकले उनलाई भिआरएसमा निकाल्यो ।
एनआइसीबाट निकालिएपछि उनी सिभिल बैंक गए । सञ्चालक तथा व्यवस्थापनसँग टर्म नमिलेपछि सिभिलबाट पनि निकालिएका शाक्य जनता बैंक गए । जनता बैंकका डेपुटी सीइओ भएका उनी ग्लोबल आईएमइसँग मर्ज भएपछि चन्द्र ढकालसँगको मनमुटावका कारण त्यहाँबाट पनि भिआरएस लिएर निकिएका थिए ।
केही समयपछि नबिल बैँक छिरेका उनलाई विनोद चौधरीले पनि पत्याएनन् । सिनियर हुँदाहुँदै पनि उनलाई हटाएर चौधरीले मनोज ज्ञवालीलाई सिनियर बनाएपछि उनले त्यहाँ पनि गुटबन्दी सुरु गरे । शाक्यले काम गरेका कुनै पनि बैंकमा आफ्नो कार्यकाल पूरा गरेका छैनन्, उनी जहाँ जान्छन् भिआरएस लिन्छन् निस्कन्छन् ।
सिएओ ज्ञवालीका कार्यसम्पादनसमेत अप्ठ्यारो पार्न थालेपछि उनलाई नबिल बैंक सञ्चालक समितिले हटाउने तयारी गरेकै बेला सञ्चालक समितिले जे जे भन्यो त्यही गर्ने सर्तमा शाक्य बैंकको सिइओ बनेका हुन् । अहिले उनी बैंकका अध्यक्ष अशोककुमार अग्रवालले जे भन्छन्, त्यो मान्दै आएका छन् । अग्रवालको विगत पनि विवादास्पद छ । यी दुवैको नेतृत्वमा बैंक डुब्ने हो कि भन्ने चिन्तामा कर्मचारी छन् ।














प्रतिक्रिया